आज साउन १५, खीर खाएर मनाइदैं

0


१५ साउन । आज साउन १५ । नेपालीहरूले खीर खाएर मनाउँदै छन् । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् भने सांस्कृतिक रुपमा भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीन दुखिहरुलाई खिर खुवाउने शर्त राख्दा खेल जितेर दीनदुखिहरूलाई खिर प्रसादका रुपमा बाँडेपछि त्यसैको प्रचलनमा पनि यसलाई मनाउने गरिन्छ । साथै आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीर लगायत मिष्ठान्न परिकार खाने चलन छ ।

स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनी लगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त हुने बताइन्छ ।

Share.

Leave A Reply