कावासोती १५ मा पल्सर चोर्ने ३ जना चोर पक्राउ

0

१५ साउन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)ले मोटरसाइकल चोरी गर्ने चोरहरुलाई पक्राउ गरेको छ । सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणका अनुसार साउन १२ गते राती कावासोती १० मगरकोट बस्ने तारा बहादुर महतोको मोटरसाइकल चोरी गर्ने चोर सहित मोटरसाइकल प्रहरीले हिजो मंगलवार समात्न सफल भएको हो ।

घरको पिढी मा राखेको लु ३० प ५२५७ नम्वरको २२० सि.सि.को पल्सर मोटरसाईकल कावासोती १५ शेरगञ्ज बस्ने बर्ष २६ का शंकर तामाङ, १९ वर्षको उमेश महतो र १९ वर्षकै दुलामनी महतोले चोरेका थिए । चोरेर लुकाई राखेको मोटरसाइकल कावासेती १५ बाट बरामद गरि चोरी गर्ने ३ जना उपर चोरी मुद्दा दर्ता गरी नवलपुर जिल्ला अदालतबाट म्यादथप अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ ।

Share.

Leave A Reply