कम्पनीले कामबाट निकालेको भन्दै वोटलर्स नेपाल तराई लिमिटेडका ४८ मजदुर आन्दोलित

0


डोलराज रानाभाट, चितवन, १५ साउन । वोटलर्स नेपाल तराई लिमिटेड (कोक बनाउने कम्पनी) भरतपुरमा काम गर्ने ४८ मजदुरहरुले हिजो आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । गत चैत्र ६ गतेदेखि पुनर्वाहालीको माग गर्दै कम्पनी अघि धर्ना दिएका उनीहरुले माग सम्वोधन नभएको भन्दै आज पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । अवको २४ घण्टाभित्र मागको सुनुवाइ नभए उत्पादीत सामान तथा कच्चापदार्थको ढुवानी रोक्ने,कम्पनीमा तालाबन्दी गर्ने उनीहरुले बताए ।

हातमा कालोपट्टी वाँधेर धर्नामा वसेका उनीहरुले नाटकीय रुपमा आफूहरुलाई कामवाट निकालिएको गुनासो गरेका छन् । लोड अनलोडमा काम गर्ने उनीहरुको रोजगार गुमेपछि परिवार धान्न नै कठीन भएको भन्दै थप कार्यक्रम घोषणा गर्न वाध्य भएको संघर्ष समितिका अध्यक्ष वुद्धिमान सेन्चुरीले बताउनुभयो । आफूहरुलाई पवन ढुवानी सर्भिसबाट कम्पनीमा काम लगाइएको तर अहिले ठेकेदार परिवर्तनको नाटक रच्दै आफूहरुलाई निकालिएको भन्दै आन्दोलित हुन वाध्य भएको सेन्चुरीले बताउनुभयो । यो वीचमा दुई चरण वार्ता भएपनि माग सम्वोधनमा सम्वन्धित पक्षले चासो नदिएको सचिव प्रल्हाद वर्तौलाले बताउनुभयो ।

 

सधैँ ढुवानी कम्पनीबाट काम लगाइएका मजदुरलाई कम्पनीमा आवश्यकता अनुसार स्थायी गराउने पद्धती रहेपनि यस पटक भने ५ देखि १० वर्ष काम गर्दै आएका मजदुरलाई निकाली अन्य ठाउँबाट ल्याएर नयाँ कामदार राखेको वर्तौलाले बताउनुभयो । आफूहरुको माग पुरा नगरेसम्म आन्दोलन जारी रहने उहाँको भनाई छ ।

Share.

Leave A Reply