अमरापुरी खानेपानीले बोरिङ प्लान्ट निर्माण गर्ने,आज शुभारम्भ

0


प्रेम क्षेत्री, १५ साउन । अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बोरिङ प्लान्ट निर्माण कार्यको हिजो शुभारम्भ गरेको छ । बुधबार एक कार्यक्रमका बीच अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ओभरहेड ट्यांकी निर्माण स्थलमा बोरिङ प्लान्ट निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

गैंडाकोट १६ स्थित जगदम्बा पेट्रोल पम्प अगाडी बोरिङ प्लान्ट निर्माण कार्य अघि बढाईएको छ । गण्डकी प्रदेश भौतीक पूर्वाधार मन्त्रालय खानेपानी डिभिजन कार्यालय दमौलीका ईन्जिनियर महेन्द्र आचार्य र ईन्जिनियर आशिष मरहठ्ठाले बोरिङ प्लान्टको शिलान्यास गर्नुभएको हो । सो अवसरमा अमरापुरी खानेपानी संस्था आत्मनिर्भर बन्दै गएको संस्थाका अध्यक्ष गोपी कंडेलले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा गैंडाकोट १४–१७ का वडा अध्यक्षहरु, संस्थाका कार्यसमितिका पदाधिकारी, सल्लाहकार, संस्थाका व्यवस्थापक, फिल्ड ईन्चार्ज लगायत कर्मचारी तथा स्थानीय बसिन्दाको उपस्थिती रहेको थियो । अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले साविक अमरापुरी क्षेत्रमा खानेपानी वितरण गर्दै आएको छ ।

Share.

Leave A Reply