रोटरी क्लब अफ गैंडाकोटको चौथो पदहस्तान्तरण सम्पन्न

0

१५ साउन । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ (२०२०/२०२१) का डिष्ट्रिक गभर्नर राजिब पोखरेलले स्वार्थरहित सेवा भावानाका साथ समाजमा काम गर्ने संस्था नै रोटरी भएको बताउनुभको छ ।  रोटरी क्लब अफ गैंडाकोटको मंगलवार सम्पन्न चौथो पदहस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पोखरेलले जुम मार्फत शुभकामना प्रदान गर्नुभएको थियो ।

शुभकामना मन्तव्य राख्दै पोखरेलले रोटरियनले एक पाइला अगाडि बढेर कोभिड–१९ बाट प्रभावित भएकाहरुलाइ सहयोग गर्नुपर्ने बताउनुभयो । यस्तै रोटरी सदस्यहरु घट्दै गएको बताउँदै रोटरिको मुल्य र मान्यतालाइ आत्मसाथ गर्दै आगडी बढन उहाँले आग्रह गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथी रोटरिएन रविन्द्रकुमार पियाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

रोटरी क्लब अफ गैंडाकोटको चौथो पदहस्तान्तरण कार्यक्रममा क्लबले वर्ष २०२०/२०२१ का कार्यसमितिलाइ पदहस्तान्तरण गरेको हो । रोटरी क्लब अफ गैंडाकोट वर्ष २०१९/२०२० का अध्यक्ष करुणासागर सुवेदीले वर्ष २०२०/२०२१ का अध्यक्ष शंकरप्रसाद घिमिरेलाइ पद हस्तान्तरण गर्नुभएको हो । यस्तै वर्ष २०१९/२०२० का सचिव गणेश उपाध्यायले वर्ष २०२०/२०२१ का सचिव तिर्थराज रिमाललाइ पद हस्तान्तरण गर्नु भएको हो । यस्तै क्लबका वर्ष २०१९/२०२० का कोषाध्यक्ष श्रीनिवास पौड्यालले वर्ष २०२०/२०२१ का कोषाध्यक्ष इन्द्रराज पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो ।
यस्तै कार्यक्रममा बोल्दै रोटरी क्लब अफ गैंडाकोट वर्ष २०१९÷२०२० का अध्यक्ष करुणा सागर सुवेदीले गैंडाकोट ३ मा भुजेल गाउँको ३५ घरधुरी भएको वस्तिमा खानेपानीको आयोजना सम्पन्न, विभिन्न स्थानमा बृक्षरोपण, विद्यालय स्तरिय चित्रकला प्रतियोगिता, कोरोना भाईरसबाट प्रभावित भएका विपन्न वर्गका लागि राहत वितरण लगायतका काम गरेको बताउनुभयो । कोरोनाका कारणले केही कार्यक्रम प्रभावित बनेपनि कार्यक्रम गरेर आवश्यकता भएका व्यक्ति समक्ष पुग्ने गरि कार्यक्रम गरेको बताउनुभयो । संस्थागत विकासमा काम गर्न सकेको बताउँदै रोटरीलाई ग्रासरुट समक्ष पु¥याउन वर्ष २०१९/२०२० सफल भएको सुवेदीको भनाई छ ।

वर्ष २०२०/२०२१ का अध्यक्ष शंकरप्रसाद घिमिरे रोटरी क्लबको मुख्य ध्येयलाई आत्मसात गर्दै गैंडाकोट रोटरीले अबको समयमा काम गर्ने बताउनुभयो । समाजमा आफुभन्दा कमजोरलाई सेवा गर्न रोटरी र यसमा आवद्ध हरेक व्यक्ति तयार रहेको घिमिरेले बताउनुभयो । उहाँले अबका दिनमा रोटरीले पहिले गरेका समुदायलाई राहत पुग्ने काम गर्ने पनि बताउनुभयो । भुजेल गाउँमा खानेपानीको आयोजना सम्पन्न भएको छ ।

रोट्¥याक क्लबको पदस्थापना र ईन्ट्¥याक क्लबको घोषणा पनि मंगलबार नै गरिएको छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारी, वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, जोन २३ का एसिस्टेन्ट गभर्नर रोटरियन प्रेमकृष्ण खनाल, रोटरियन प्रमोद पौडेल, रोटरी नमुना भुजेल खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रोटरीयन शंकरप्रसाद घिमिरेको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply