गैंडाकोट नगरपालिकामा ‘सामाजिक दुरी’ विनाको सेवामा गुनासो

0

डोलराज रानाभाट, १३ साउन । गैंडाकोट नगरपालिका भित्र सेवाग्राहीको चाप वढि हुने ठाउँमा सामाजिक दुरीको कार्यान्वयन नभएको पाइएको छ । नगरपालिका आफैले कोभिड १९ को सक्रमणवाट वच्न सामाजिक दुरी कायम राखौँ भन्दै सूचना सम्प्रेषण गरेपनि सेवाग्राहीको चाप हुने कक्षमा भने भीड हुने गरेको छ । आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष सुरु भएसँगै सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गर्न आउनेहरु र सरकारलाई वुझाउनुपर्ने कर रकम तिर्न जाँदा भीड हुने गरेको छ ।

नगरपालिकाको पुराना भवनमा घरजग्गा वहाल कर व्यवसाय कर , विविधि सिफारिस दस्तुर, सम्पतीकर  तथा राजश्व वुभाउने उक्त ठाउँमा सामाजिक दुरी कायम गर्नुपर्ने कुनै पनि सूचना टाँसीएको छैन भने मिटरको फरक पारेर उभिने ठाउँ समेतको सकेत गरिएको छैन । जसले गर्दा सेवाग्राहीको भीड हुने गरेको हो । नगरपालिकाले नभने पनि सेवाग्राही आफैले वुझ्नुपर्ने भएपनि त्यसो भएको पाइएको छैन । त्यस्तै सेवा प्रदान गर्ने कर्मचारीहरुवीचको दुरी पनि उस्तै छ ।

अन्य कार्यलयमा सेवा लिन जाने सेवाग्राहीलाई सेनिटाइज प्रयोग गर्न लगाएपछि वल्ला भित्र प्रवेश गर्न दिने गरिएपनि नगरपालिकामा भने त्यसो नगरिएको स्थानीयले बताएका छन् । नगरपालिकामै सेवा लिन जाँदा जोखिम देखिएको गुनासो सेवाग्राहीले गरेका हुन् । साउन १ गते प्रहरीमा समेत कोभिड १९ को पुष्टी भएपछि नगरक्षेत्र सिल गरेर समुदायस्तरबाट पनि स्वाव लिएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि संक्रमणको जोखिम भने टरेको छैन ।

यता नगरप्रमुख छत्रराज पौडेल भने सिल भएपछिको दिनुपर्ने सेवाहरु धेरै रहेकाले त्यसको व्यवस्थापन गरिने बताउनुभएको छ । नगरपालिका गेट नजिकै हात धुने व्यवस्था गरिएको त्यसको कार्यान्वयन सहित सामाजिक दुरी कायम गराई सेवा प्रवाह गरिने बताउनुभयो ।

 

आज मात्रै स्वास्थ्य मन्त्रालयले लकडाउन खुलेपनि जोखिम कायमै रहेकाले निम्न उपाय अनिवार्य गर्न भनेको छ ।

Share.

Leave A Reply