साविक गैंडाकोटमा अस्थाई रुपमा विद्युत सञ्चालनमा, मौसम सफा भएसँगै मर्मतको काम हुने

0

साउन १३, गैडाकोट

लगातार परेको झरीका कारण मर्मत कार्य सुचारु नभएपछि साविक गैंडाकोटमा हिजो प्रशारण गरिएको सुचना अनुसार विद्युत अवरुद्ध नभएको नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले विजय एफएमलाई जानकारी दिनुभयो । हाल साविक गैंडाकोटमा अस्थाई रुपमा विद्युत सञ्चालनमा आएको छ । थुम्सि जंगलमा रुख ढल्दा ३ वटा पोलमा क्षती पुर्याएका कारण अवरुद्ध बनेको विद्युत अस्थाई रुपमा सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख रिजालले जानकारी दिनुभयो । मौसम सफा भएसँगै पानी पर्न रोकीएपछि भोलि मात्र मर्मतको काम हुने पनि उहाँले बताउनुभयो ।

Share.

Leave A Reply