७८ वर्षीय दम्पती, ४ जना प्रहरी सहित गैंडाकोटका ९ जनाले कोरोनालाई जिते

0

डोलराज रानाभाट, १२ साउन । गैंडाकोट नगरपालिकाका ९ जनाले आज एकै दिन कोरोना भाइरसलाई जित्नुभएको छ । त्यसमध्ये गैंडाकोट ८ का ७८ वर्षीय पुरुष दम्पतीले कोरोनालाई जित्नुभएको हो ।

गत साउन १ गते कोभिड १९ पुष्टी भएको उहाँको ६७ वर्षीय श्रीमतीको समेत रिपोर्ट नेगेटिभ आएपछि आजै दुवै जनालाई डिस्चार्ज गरिएको नवलपुर जिल्लाको एक मात्रै कोभिड १९ अस्थायी अस्पताल रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा विनोद पौडेलले जानकारी दिनुभयो ।

 

उहाँहरु दुवै दमको पनि रोगी हुनुहुथ्यो भने श्रीमान मुटुको पनि । तर रोगी भएपनि नियमित अभ्यास र खानपानले कोभिड १९ लाई जित्न सफल हुनुभएको हो । डिस्चार्ज हुने समय उहाँहरुले अस्पतालमा कार्यरत सवैलाई आशिर्वाद दिँदै छुटिनुभएको थियो । कोभिड १९ पुष्टी भएको दिन घर सिल गर्न जाँदा पनि उहाँले भागवत गिता अध्ययन गर्दै आफूमा आत्मविश्वास धेरै रहेको बताउनुभएको थियो ।

उहाँहरुलाई साउन १ गते संक्रमण पुष्टी भएको थियो । यति चाँडै निको हुनुमा प्राकृतिक खानपान , अभ्यास सँगै विरामीमा भएको आत्मविश्वास भएको निर्देशक पौडेलले बताउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय गैडाकोटका ४ जना प्रहरीमा समेत कोभिड १९ नेगेटिभ आएपछि डिस्चार्ज हुनुभउको छ । २८,२९,३४ र ३६ वर्षीय इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरीहरुले पनि कोभिड १९ लाई जित्नुभएको हो । उहाँहरुमा पनि साउन १ गतेनै संक्रमण देखिएको थियो ।

त्यस्तै अन्य निको हुनेमा गैंडाकोट १ र ६ का २७ र ३७ वर्षका पुरुष रहनुभएको छ । अब चिकित्सालयमा ३१ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । यो सँगै नवलपरासी पुर्वमा कोरोना मुक्त हुनेको संख्या २ सय ७७ पुगेको छ भने संक्रमितको संख्या ३ सय १० रहेको छ ।

हिजो (आइतबार) मात्रै सामुदायिक प्राकृतिक चिकित्सालयबाट ४७ जना कोरोना मुक्त भएर घर गएका थिए । हालसम्म रजहरबाट २६९ जना कोरोनामुक्त भइसकेका छन् । अहिले ३१ जना उपचाररत छन् । सवैको स्वास्थ्य अवस्थामा सामानय रहेको छ। पुरानो मुटु र स्वासप्रश्वास सम्बन्धि समस्या भएको व्यक्ति कोरोना मुक्त भएर जाँदा हर्षित भएको उपचारमा संम्लग्न डा विनोद पौडेल बताउनुहुन्छ ।

Share.

Leave A Reply