साविक गैंडाकोटमा भोली विहान ९ बजेदेखी २ बजेसम्म विद्युत अवरुद्ध हुने

0


साउन १२, गैडाकोट
साविक गैंडाकोटमा भोली विहान ९ बजेदेखी २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । थुम्सि जंगलमा रुख ढलेर ३ वटा पोल ढलेकाले अवरुद्ध बनेको विद्युत अस्थाई रुपमा सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले जानकारी विजय एफएमलाई दिनुभयो ।

अस्थाई रुपमा सञ्चालन आएको विद्युतको पुर्ण रुपमा मर्मतका लागि भोली विहान ९ बजेदेखी २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो । सो समयअवधिभरका लागि साविक गैंडाकोटमा विद्युत अवरुद्ध हुने जनाईएको छ ।

मर्मतको काम सो समय अगावै सकिएमा विद्युत समयभन्दा पहिले पनि सुचारु हुने रिजालले जानकारी दिनुभएको छ । यसबाट ग्राहकमा पर्न असुबिधाप्रति नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा क्षमाप्रार्थी रहेको रिजालले बताउनुभयो ।

Share.

Leave A Reply