गण्डकी प्रदेशमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टी, हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ९९ पुग्यो ।

0


साउन १२ , गैंडाकोट
गण्डकी प्रदेशमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २२ जना संक्रमित थप भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज स्याङजामा १ महिला सहित १८ जना , कास्की र लमजुङमा २÷२ जना ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ९९ पुगेको छ ।

Share.

Leave A Reply