विपन्न उपभोक्तालाई नारायणी वनद्वारा बाख्रा वितरण

0


प्रेम क्षेत्री,
साउन १२, गैंडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले गरिब विपन्न उपभोक्तालाई जीविकोपार्जनका लागि बाख्रा वितरण गरेको छ । वनको कार्यक्षेत्रभित्र रहेका वडा नम्बर ६, ७ र ९ का १४ घरपरिवारलाई १÷१ वटाका दरले बाख्रा वितरण गरेको वनका सचिव उमाकुमारी पाण्डेले जानकारी दिनुभयो । बाख्रा लगानी उपभोक्ता छनोट उप समितिका संयोजक मोतिलाल ढुङ्गानाले १ लाख बराबरका बाख्रा खरिद् गरि गोलाप्रथा गरि उनिहरुलाई बाख्रा वितरण गरिएको बताउनुभयो । बाख्रा पाएपछि उनिहरुले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले नारायणी वनले सामुदायिक विकासमा पु¥याएको योगदान अतुलनिय रहेको बताउँदै बाख्राको स्याहार सुसार गरि वढि भन्दा वढि आम्दानी लिन सफल हुनेगरि काम गर्न सबैमा आग्रह गर्नुभयो । लगानी गरे अनुरुप प्रतिफल प्राप्त हुनेगरि काम गरियो भने यसले सबैलाई लाभ हुने उहाँको विश्वास छ ।
सामुदायिक वन उपभोक्ता माहासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले सामुहिक लगानीको वातावरण मिलाउन सके वढि प्रतिफल प्राप्त गर्न सकिनेतर्फ जोड दिनुभएको थियो । एकातर्फ वन प्रवेशमा रोक लागाईरहेको अवस्था र अर्कोतर्फ बाख्रा वितरण कार्य भईरहेको अवस्थामा विपन्न समुदायको अवस्था हेरी वितरण गर्ने हो भने यो अझ वढि फलदायी हुने उहाँले बताउनुभयो ।
सव डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सुर्यसिंह गुरुङले वनको आम्दानी गरिब विपन्नका लागि लगानी अनिवार्य रहेको जनाउँदै यसलाई फलदायी बनाउनतर्फ वन सचेत बन्नुपर्ने बताउनुभयो । यसको पालनपोषण र व्यस्थापनका लागि अनुगमनमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।


वनका अध्यक्ष दिनानाथ त्रिपाठीले सामुदायिक तथा सामाजिक विकासका लागि आर्थिक सहयोग गर्दै आईरहेको सन्दर्भमा आगामी दिनमा अझ वढि प्रभावकारी हुने खालका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले प्राप्त गरेका बाख्राको स्याहार सुसार पालन पोषण गरि आफ्नो जीवनमा परिवर्तन आउने गरि आम्दानी वढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वनका उपाध्यक्ष वेदप्रसाद चालिसेले स्वागत मन्तव्य व्यक्त गर्दै वर्षेनी वनको विधान अनुसार बाख्रा वितरण गर्दै आएको बताउनुभयो । वनका सचिव उमादेवी पाण्डेले सहजिकरण गर्नुभएको सो कार्यक्रम नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply