थुम्सि जंगलमा रुख ढलेर गैडाकोटमा विद्युत अवरुद्ध, मर्मतका लागि २/३ घण्टा समय लाग्ने

0

साउन १२, गैडाकोट

गैडाकोटमा अहिले विद्युत अवरुद्ध रहेको छ । थुम्सि जंगलमा रुख ढलेर ३ वटा पोल ढलेकाले अहिले विद्युत अवरुद्ध बनेको छ । मर्मतका लागी २/३ घण्टा लाग्नसक्ने नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाले जानकारी दिएको छ । जसको कारणले गैंडाकोट १ देखी ९ सम्म विद्युत अवरुद्ध बनेको छ भने गैंडाकोट १० केहि स्थानहरुमा पनि विद्युत अवरुद्ध बनेको नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले जानकारी विजय एफएमलाई दिनुभयो ।

Share.

Leave A Reply