अमर सहकारीद्धारा पहिलो सेवा केन्द्रको समुद्घाटन

0


साउन १२ , नवलपुर
अमर बचत तथा ऋण सहकारी लिमिटेड गैंडाकोट १६ ले संस्थाको पहिलो सेवा केन्द्र न्यू जनसेवा सेवा केन्द्र गैडाकोट १५ मा समुद्घाटन गरेको छ । अमर बहुउद्वेश्यीय सहकारी संस्था लिमिटेड र न्यु जनसेवा बहुउद्वेश्यीय सहकारी संस्था लि बिच भएको एकीकरण पश्चात न्यू जनसेवा सेवा केन्द्रको एक कार्यक्रम बीच वित्तिय सेवा शुभारम्भ गरिएको व्यवस्थापक देवेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं १५ का वडाध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै अमर बचत तथा ऋण सहकारी लिमिटेड गैंडाकोट १६ को सेवाले स्थानीयलाई सहज बनाएको बताउनुभयो । साथै उहाँले यस सेवा केन्द्रको वित्तिय कारोवारले सदस्यहरूलाई सहज बनाएकोमा धन्यवाद दिदै संस्थाको प्रगतिको लागि शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रजापति कंडेलबाट ३६० दिने सेवा केन्द्रिय कार्यालयबाट सेवा प्रारम्भ भएको र आउँदा दिनमा अझै सदस्यको सेवा र सुविधालाई मध्यनजर गर्दै संस्था अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार यमलाल कंडेलले अरू सेवा केन्द्रहरूपनि विस्तार गर्दै सदस्य सेवामा अमर साकोस अगाडी बढनुपर्ने बताउनुभयो ।

यसैबिच अमर अमर बचत तथा ऋण सहकारी लिमिटेडको आज समुद्घाटन गरिएको सेवा केन्द्रमा ७५ लाख बचत संकलन भएको संस्थाका व्यवस्थापक खड्काले जानकारी दिनुभएको छ ।
संस्थाका सचिव श्यामसुन्दर लामिछानेले सहजीकरण गर्नुभएको कार्यक्रममा सामाजिक व्यक्तित्व हरू दाताराम पाण्डे, यमलाल कंडेल, भवानि प्रसाद पौडेल, कुल प्रसाद अधिकारी, गोपी कंडेल, रामलाल गैरे, तेजेंन्द्र प्रसाद सापकोटा, खुम प्रकाश पौडेल, श्याम केसी, विनोद मल्ल, उमानन्द कंडेल, बलदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
संस्था २०५६ सालमा स्थापना भएको थियो भने हाल ४ हजार ९ सय ७१ जना सदस्य संख्या रहेको छ । संस्थाको कुल सम्पति ३५ करोड ७० लाख रहेको जनाईएको छ ।

Share.

Leave A Reply