कालीगण्डकी जलविद्युत आयोजनामा आएको समस्याका कारण गैंडाकोटमा समय समयमा विद्युत अवरुद्ध, गैंडाकोट प्रशाखाको टेलिफोनमा प्राबिधिक समस्या

0

 

साउन १२, गैंडाकोट

कालीगण्डकी जलविद्युत आयोजनामा आएको समस्याका कारण गैंडाकोटमा समय समयमा विद्युत अवरुद्ध भईरहेको छ । सो समस्याका कारण प्रगतीनगर सवस्टेशनबाट सप्लाई हुने ३३/११ केभि र कावासोती, मुकुन्दपुर लगाएत गैंडाकोट को सप्लाई केहि समय बन्द रहने नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले जानकारी दिएको छ ।

यस्तै नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाको ०७८५०१०३६ टेलिफोनमा प्राबिधिक समस्या आएकोले समस्या भएको कार्यालय प्रमुख सुजन रिजालले मर्मतको प्रक्रिया अघि बढाईएको जानकारी दिनुभयो । यसबाट गा्रहकमा पर्न असुबिधाप्रति नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा क्षमाप्रार्थी रहेको रिजालले बताउनुभयो ।

Share.

Leave A Reply