ईस्टु नवलपुर पुर्नगठन, अध्यक्षमा बिष्णु पौडेल चयन

0


माया कंडेल
साउन ११, गैंडाकोट

प्राईभेट बोर्डिङ स्कुलमा पढाउने शिक्षकहरुको छाता संगठन ईस्टु नवलपुर पुर्नगठन भएको छ । ईस्टु नवलपुरको अध्यक्षमा बिष्णु पौडेल बरिष्ठ उपाध्यक्ष माधव पौडेल महिला उपाध्यक्ष संगिता पौडेल , सचिवमा रामप्रसाद पौडेल सहसचिवमा दिपक भट्ट , कोषाध्यक्षमा अर्जुन जंग रायमाझाी , सहकोषाध्यक्ष सुस्मिता भण्डारी रहनुभएको छ ।

यस्तै सदस्यहरु देवकी लामिछाने, शिव लामिछाने, नारायण शर्मा, सञ्जय काफले , सचिन न्यौपाने, सोनु शर्मा चयन हुनुभएको ईस्टु नवलपुरका सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो । ईस्टु नवलपुरले प्राईभेट बोर्डिङ स्कुलमा पढाउने शिक्षकहरुको हकहितका लागि काम गर्ने पौडेलले बताउनुभयो ।

Share.

Leave A Reply