खुल्यो इलाका प्रहरी कार्यालय गैंडाकोट, कार्यरत सवैको रिपोर्ट नेगेटिभ

0

file photo

डोलराज रानाभाट, गैंडाकोट, ११ साउन । इलाका प्रहरी कार्यालयमा कार्यरत सवैको स्वावको रिपोर्ट नेगेटिभ आएपछि हिजो साँझ ६ बजेबाट कार्यालय खुलेको इलाका प्रमुख इन्स्पेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

त्यही कार्यरत ५ जना प्रहरीमा संक्रमण पुष्टी भएपछि सिल गरिएको कार्यलय सहित नगरपालिकामा समुदाय स्तरबाट पनि स्वाव संकलन गरेर परीक्षणका लागि हेटौँडा पठाइएको थियो । क्वारेनटाइनमा वसेका २ जना वाहेक सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यसमध्ये असार ५ गते नै लाका प्रहरी कार्यालय गैडाकोटमा कार्यरत र ट्राफिक प्रहरी सहित ५५ जनाको स्वाव लिइएको थियो । सवैको रिपोर्ट नेगेटिभ आएपछि हिजै बाट नियमित सेवा दिन सुरु गरेको थापाले जानकारी दिनुभयो ।

सिल भएको समय नगरभित्र शान्ति सुव्यवस्था कायम राख्न मद्दत गर्ने तथा साथ दिने सवैमा उहाँले धन्यवाद दिँदै कोभिड १९ को संक्रमण फैलन नदिने स्वास्थ्य मापदण्डका उपाय अपनाउँदै कार्यालयबाट सेवा दिइरहेको र सेवा लिन जाने स्थानीयले पनि सोही अनुसारको नियम पालना गरिदिन उहाँको आग्रह छ । पोजेटिभ देखिएका प्रहरीहरुको भने रजहर स्थिती आइसोलेसनमा उपचार जारी छ । उहाँहरुमा कुनै पनि लक्षण देखिएको छैन ।

Share.

Leave A Reply