गैंडाकोट सिलपछि २२३ स्वाव परीक्षण, क्वारेनटाइनमा वसेका २ वाहेक सवै नेगेटिभ

0

डोलराज रानाभाट, गैंडाकोट, ११ साउन । साउन २ गतेदेखि सिल गरिएको गैंडाकोट नगर क्षेत्रमा संकलित २२३ वटा स्वाव मध्ये क्वारेनटाइनमा वसेका दुई जनामा मात्रै कोभिड १९ संक्रमण पुष्टी भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार संक्रमित हुनेहरुमा दुई जनानै गैडाकोट ५ का रहेका छन् । संक्रमितहरुमा गैडाकोट ५ का २४ वर्षीय पुरुष र ४० वर्षीय महिला रहेका छन् । उनीहरु मध्ये २४ वर्षीय पुरुष साउदीअरवबाट आएर सिधै एसपिएम कलेजको क्वारेनटाइनमा वसेका थिए भने ४० वर्षीय महिला भारतबाट आई सिधै जनक कलेजको क्वारेनटाइनमा वस्नुभएको थियो ।

दुवै जनामा कुनै पनि लक्षण देखिएको छैन । उहाँहरुलाई रजहर स्थित कोरोना अस्थायी अस्पताल लैजाने तयारी भइरहेको छ । उहाँहरुसँगै साउन ७ गते उद्योग वाणिज्य संघबाट पठाइएका व्यवसायीहरुपनि स्वाव संकलन गरिएको थियो । नेपाल राष्ट्रिय माविमा संकलन गरिएको ४० र उद्योग वाणिज्य संघमा आवद्ध ५९ जनाको स्वावको परीक्षण गर्दा उक्त दुई जनामा कोभिड १९ देखिएको हो । यसअघि साउन ५ गते इलाका प्रहरी कार्यालय गैडाकोटमा संकलित १२४ स्वाको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ ।

 

यसरी समुदाय स्तरमा कोभिड १९ संक्रमण फैलियो भनिएकोमा अहिलेको रिपोर्टले ठूलो राहत दिएको छ । १२४ र ९७ जनाको रिपोर्ट नेगेटिभ आएसँग सिल गरिएका घरहरुलाई पनि फुकुवा गराइएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । अव लकडाउन नभएको यो समय व्यक्ति आफैले उच्चतम सुरक्षाको उपाय नपनाई कोभिड १९ को संक्रमणबाट बच्नुपर्नेमा पौडेलले जोड दिनुभएको छ ।

Share.

Leave A Reply