लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटिद्वारा बृक्षरोपण

0

माया कंडेल

साउन १०, गैंडाकोट
लायन्स क्लब अफ बागेश्वरी गैंडाकोट सिटिले शनिबार बृक्षरोपण गरेको छ । रुख विरुवाले सुन्दरता बढाउने बाढी पहिरो भु–क्षय रोक्ने जस्ता काम गर्ने भएकाले पनि लायन्स क्लब अफ बागेश्वरी सिटिले बृक्षरोपण कार्यक्रम गरेको अध्यक्ष भानु रिमालले जानकारी दिनुभयो । उहाँले बृक्षरोपणसँगै बिरुवाको संरक्षणमा पनि ध्यान दिईने पनि बताउनुभयो । नारायणी सामुदायीक वन, गुम्वा डाँडा थुम्सीमा बृक्षारोपण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
सागर मौरीपालन उद्योग गैंडाकोटले बिरुवा उपलब्ध गराएको हो । उद्योगका सञ्चालक करुणासागर सुवेदीले लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटिका अध्यक्ष रिमाललाई चिउरी, मसला, बेल, रिठ्ठा लगायतका विरुवा हस्तान्तरण गर्नुभएको थियो ।
बृक्षरोपण कार्यक्रममा रिजन चियर पर्सन एवम् लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटिका संस्थापक अध्यक्ष नवराज कंडेल, पूर्वअध्यक्षहरु गणेश शर्मा पौडेल, परमेश आचार्य, निवर्तमान अध्यक्ष दुर्गाप्रसाद चालिसे, जोन चियर पर्सन मेघराज कंडेल, नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठी, वनका उपाध्यक्ष वेदप्रसाद चालिसे लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply