लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीद्वारा वृक्षरोपण, पारिजात पार्कलाई सानो स्वर्ग बनाईने

0

माया कंडेल

साउन १०, गैंडाकोट
लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीले शनिबार गैंडाकोट ६ मा रहेको पारिजात पार्कमा वृक्षरोपण गरेको छ ।
पारिजात पार्कलाई सानो स्वर्ग बनाउने लायन्स क्लब ३२५ बि २ का प्रथम भिडिजि रामप्रसाद भट्टले बताउनुभयो । लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका भट्टले लायन्सलाई स्थान दिए लायनहरुकै सक्रियतामा वृक्षरोपण गरि हरियाली बनाई सो स्थानलाई स्वर्ग जस्तै बनाईने बताउनुभएको हो ।
पारिजात पार्कको क्षेत्रफल लगभग डेढ देखी २ विगाह रहेको गैंडाकोट ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभयो । उहाँले पारिजात पार्क भनेर समिति गठन गरिएको र संरक्षणका लागि बृक्षरोपण लगायत काम भईरहेको जानकारी दिनुभयो । यस पार्कलाई आउँदा दिनमा पर्यटकिय क्षेत्रका रुपमा लैजाने पनि उहाँको भनाई छ ।
एक व्यक्ति एक बिरुवा हुर्काउन सके वातावरण सुन्दर सफा राख्न मद्दत पुग्ने लायन्स रिजन चियर पर्सन नवराज कंडेलको भनाई छ । सुरुवात लायन्स क्लवले गरेपनि सबैले बृक्षरोपणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।


लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीका सेकेण्ड भिपि कृष्ण कंडेलले पारिजात पार्क गैंडाकोटबासीका लागि नै गौरवको विषय भएकोले यहि बृक्षरोपण गरिएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष बृक्षरोपण गरिदै आएको र यसवर्ष पनि प्रत्येक सदस्यले आफ्नै खर्चमा एक एक विरुवा रोपीएको बताउनुभयो । विरुवाको संरक्षण र रेखदेख गरिने पनि उहाँको भनाई छ ।
लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीका संस्थापक अध्यक्ष विमल लम्सालले लायन्स क्लबको मुख्य ध्येय नै समाजसेवा भएको र बिशुद्ध समाजसेवा नै लायन्सको धर्म भएको बताउनुभयो । बृक्षरोपण र हेरविचारसंगै गाईबस्तुले बिरुवा नखाओस् भन्नाका लागि जाली लगाईएको उहाँले बताउनुभयो ।
लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीका अध्यक्ष निखिल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा लायनहरु राजेन्द्र गौतम, कृष्ण पाण्डे, प्रभाकर पण्डित, देशबन्धु सिग्देल, भोजकुमारी रिमाल, मेघराज कंडेल, लक्ष्मी पोखरेल, विजयनगर खानेपानीका अध्यक्ष सुवास चापागाई, गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की लगायतको सहभागिता रहेको थियो ।

IMG_9073 IMG_9074 IMG_9077

Share.

Leave A Reply