भरतपुर १७ का जनप्रतिनिधिद्वारा आरोपको खण्डन

0

साउन ९, भरतपुर ।

भरतपुर महानगर पालिका वडा नं १७ का निर्वाचित वडा सदस्य राजकुमार तामाङ्गले आफु कोरोना महामारी रोकथामका लागि क्वारेन्टीन ब्यवस्थापनमा खटिएको समयमा आफुमाथि लगाएको आरोपको आज एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै खण्डन गरेका छन् ।
कोरोना भाईरसका कारणले बिश्वनै आक्रान्त बनेको समयमा नेपालमा पनि यसको प्रभाब देखिएको आजसम्म पनि देखिएको छ । कोरोनो मानिसबाट मानिसमा सर्ने भएकाले बिदेशबाट आउने नेपाली नागरिकहरुलाई पनि सरकारले कम्तीमा १४ दिनसम्म क्वारेन्टीनमा राख्नुपर्ने नियम बनाएको हामी सबैलाई जानकारी नै छ ।
उनले प्रेस बिज्ञप्तीमा भनेका छन्, भरतपुर महानगरपालिकाले बिभिन्न वडा कार्यालयहरुमा जस्तै वडा नं १७ मा पनि क्वारेन्टीन स्थापना गरेको छ । जहाँ कोरोनाका सम्भावित सक्रमितहरु राख्ने ब्यवस्था गरिएको छ । यहाँ स्थापना गरिएको क्वारेन्टीन ब्यवस्थित नभएको भनेर भरतपुर १७ बस्ने मानबहादुर सार्कीको छोरा दानबहादुर कार्कीले पटक पटक वडा कार्यालयमा आई हुल दङ्गा गर्ने, हो–हल्ला गर्ने जस्ता उच्छुङखल कार्य गरेका थिए । पछि पछि त अध्यक्षलाई बाटो नै छेकेर झै झगडा गर्ने कार्य गरेपछि निजसँग सो सामान्य भनाभन भएको थियो ।
सामान्य भनाभनको बिषयलाई तोडमोड गरी जातियता कुरा उठाई चितवन प्रहरीमा उजुरी दिनुको साथै पत्रिकामा मेरो ब्यक्तिगत तथा सामाजिक रुपमा चरित्र हत्या गर्ने किसिमले अफवाह फैलाएको प्रति मेरो घोर आपत्ति छ । एक जना निर्वाचित वडा प्रतिनिधि जो कोरोनाको महामारी बिरुद्धको अभियानमा दिन रात नभनी खटिईरहेको अवस्थामा बिभिन्न लान्छाना लगायदै मनगणन्ते र भ्रामक कुराहरु गर्दै नहिड्नमा लागि अनुरोध गर्दछु । उनले प्रकाशित गरेको बिज्ञप्तीमा भनिएको छ ।

Share.

Leave A Reply