नगरवासीलाई मैले त्यो शब्द प्रयोग गरेकै होइन, कसैलाई ठेस पुगे शब्द फिर्ता लिन्छु ः नगरप्रमुख पौडेल

0

९ साउन । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगवासी आफ्नो माता पिता सरह भएको भन्दै आफूले हेल्लो मेयरमा प्रयोग गरेको शब्द नगरवासीका लागि हुँदै नभएको प्रष्ट पार्नुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले नगरप्रमुख र संस्थाको मानमर्दन गर्ने गरी समाचार लेख्ने र सामाजिक संजालहरुमा लेख्नेहरुप्रति मात्रै लक्षित शब्द नगरवासीलाई भनिएको भन्दै भ्रम प्रचार गरिएकोमा दुख व्यक्त गर्नुभयो ।

 

साथै उहाँले यदि उक्त शब्दले कसैको मनमा ठेस पुगेको भए फिर्ता लिएको बताउनुभयो । नगरप्रमुख पौडेलले भन्नुभयो,“मैले मलाई र नगरप्रमुखको पद तथा संस्थालाई नै मानमर्दन हुनेगरी सामाजिक संजालमा लेखिएको देखेँ । हुँदै नभएको विषयवस्तु अतिररिन्जित गर्दा शब्द प्रयोग गर्न वाध्य भएँ । तर त्यो नगरवासीका लागि हुँदै होइन । यदि कसैलाई उक्त शब्दले ठेस पुगेको भए फिर्ता लिन्छु ।”

नगरप्रमुख पौडेलले देशभरनै गैंडाकोट नगरको पटक पटक विवाद र वाधाले नराम्रो छवि वनाएको भन्दै साना साना कुराहरुमा विवाद झिक्ने र भाँझो हाल्ने कार्य रोक्न आग्रह गर्दै सवै मिलि समृद्धि नगरको विकासमा अघि वढ्न आह्वान गर्नुभयो ।

गत साउन २ गतेदेखि गरिएको सिल अव खुलेको वताउँदै यो समय समुदायमा गएर स्वाव संकलन गरेको र रिपोर्ट आएपछि थप स्थिती थाहा हुने उहाँको भनाई छ । वाढि पहिरोले सवारी चल्न नपाउँदा किट अभावले रिपोर्ट आउन ढिलाई भएपनि आज बाट परीक्षण सुरु भएको र रिपोर्ट आउन सुरु हुने बताउनुभयो । साथै कोभिड को संक्रमण जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभयो ।

Live stream

गैंडाकोट नगरपालिका क्षेत्र पुन वन्द गरिने हो वा आजबाट खुल्ला भयो ? साथै नगरप्रमुखको अभिव्यक्तिलाई लिएर विरोध र समर्थमा विज्ञप्तीहरु आइरहदा यो विवाद किन जारी छ ? गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल

Posted by 101.6 Vijaya FM on Thursday, July 23, 2020

Live stream

गैंडाकोट नगरपालिका क्षेत्र पुन वन्द गरिने हो वा आजबाट खुल्ला भयो ? साथै नगरप्रमुखको अभिव्यक्तिलाई लिएर विरोध र समर्थमा विज्ञप्तीहरु आइरहदा यो विवाद किन जारी छ ? गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल

Posted by 101.6 Vijaya FM on Thursday, July 23, 2020

Share.

Leave A Reply