सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

0

चितवन,९ साउन । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं १३ बस्ने बर्ष ३८ का दिपु भन्ने दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई साउन ६ गते पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले २०७२ साल असार २३ गते र भदौ २७ गतेको फरक–फरक फैसला आदेशले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ६ महिना र ११ महिना १३ दिन कैद ठहर भई फरार रहेका श्रेष्ठ पक्राउ परेसंगै कैद भुक्तानको लागि हिजो जिल्ला कारागार चितवनमा पठाइएको चितवनल प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply