फेरि चार किलोमा पहिरो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

0

चितवन, ९ साउन । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । हिजो राति पौने ८ बजेतिर सडक खण्डको चार किलोमा ठूलो पहिरो खसेपछि सडक पूर्ण अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले नै पहिरो हटाउने कार्य सुरु गर्न नसकिने भन्दै पानी पर्न वन्द भएपछि काम सुरु गर्ने बताइएको छ ।

यस अघि साउन ५ गते विहान पनि सोही ठाउँमा ठूलो पहिरो गएको थियो । पहिरो हटाइएको ३६ घण्टापछि एकतर्फी संचालनमा आएको सडक खण्डमा पुन साउन ६ गते राति भरतपुर २९ को सत्र किलोमा ठूलो पहिरो गएको थियो ।

 

त्यसको मर्मत गरी एकतर्फी संचालनमा आएको सडकमा पुन हिजो साँझ पहिरो गएको हो । अहिले पोखरातर्फ जाने सवारी आँपटारीमा रोकिएको छ ।

Share.

Leave A Reply