लकडाउन हटेपछि कोभिड १९ सम्बन्धि सचेतना गराइदै

0

चितवन , ८ साउन । लकडाउन हटेपछि कोभिड १९ को संक्रमण हुन नदिन चितवनमा सचेतना कार्यक्रम गरिएको छ । सडकमै पुगी मंगलवार र आज यात्रु तथा सवारी संचालकहरुलाई सचेत गराइएको थियो ।

रोटरी र रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउन, जिल्ला प्रहरी कार्यालय चितवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त सहकार्यमा आज बिहान ९ बजे देखि ११ बजेसम्म भरतपुरको हाकिम चोक र लायन्स चोकमा मास्क नलगाई हिंड्ने पैदलयात्रु तथा सवारीका चालक, सहचालक र यात्रुहरु सहित करिब १ हजार ५०० जना लाई मास्क वितरण गरिएको छ । मास्क प्रदान गर्दै कोभिड १९ सम्बन्धि सचेतना दिइएको थियो ।

 

लकडाउन हटेपछि चितवनमा मानिसहरु सँगै सवारीको चाप वढ्दो छ भने मास्क नलगाई हिँड्नेहरुपनि उत्तिकै छन् । त्यसैलाई मध्यनजर गरेर कार्यक्रम गरिएको थियो ।

Share.

Leave A Reply