‘नगरप्रमुखको अभिव्यक्तिलाई आफ्नो ढंगले तोडमोड गरियो’

0

गैंडाकोट, ८ साउन । राष्ट्रिय युवा संघ नेपाल गैंडाकोट नवलपुरले नगरपालिकाका प्रमुख छत्रराज पौडेलले हेल्लो मेयरमा दिएको अभिव्यक्तिलाई आफ्नो ढंगले तोडमोड गरिएको भन्दै विरोध जनाएको छ ।

साविक युवा संघ नेपाल गैडाकोट नगर कमिटी अध्यक्ष रमेश ढकाल र साविक योङ कम्युनिष्ट लिग नेपाल नगर कमिटी गैंडाकोटका अध्यक्ष कृष्ण सापकोटा समुन्द्रले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नगरप्रमुखको अभिव्यक्तिलाई आफ्नो ढंगले तोडमोड गरी अनावश्यक प्रचारप्रसार गरेर सामाजिक सद्भावनालाई भड्काउने कार्य भएको भन्दै त्यस्ता गतिविधि नगर्न भन्दै ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तीमा भनिएको छ,“नगरको अभिभावकीय भुमिका निर्वाह गरिरहेको व्यक्तिलाई विषायान्तर गरी विविध लाञ्छना लगाई संस्था र व्यक्तिलाई नै तोकेर प्रयोग गरिएको शब्द तुरुन्त फिर्ता लिन जोडदार माग गर्दछौँ ।” नगरप्रमुख र समग्र संस्थाको गरिमा घट्ने गरी गरिने कुनै पनि हर्कत राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटलाई स्वीकार्य नहुने समेत विज्ञप्तीमा जनाइएको छ ।

त्यस्तै नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गैडाकोट नवलपुरले पनि नगरप्रमुखको अभिव्यक्तिलाई तोडमोड गरी प्रचार गरिएको भन्दै विरोध जनाएको छ ।

अध्यक्ष हुम बहादुर गुरुङद्धारा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्ती मार्फत नगरप्रमुख र समग्र संस्थाको गरिमा घट्ने गरी गरिने कुनै पनि हर्कत नगर्न र गरेमा स्वीकार्य नहुने जानकारी गराउँदै अप्रिय स्थिती आएमा सम्पूर्ण मजदुर एकजुट भई विरोधमा उत्रन पछि नपर्ने भनिएको छ ।

Share.

Leave A Reply