बुलिङ्गटारका पहिरो पीडितलाई काङ्ग्रेस महामन्त्री कोइरालाद्वारा नगद ५० हजार सहयोग

0

गैंडाकोट, ८ साउन । गत साउन ५ गते राति पुर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका वडा नं २ मा अविरल वर्षा पछि आएको पहिरोले पुरिएर निधन भएका दम्पती शेरबहादुर नेपाली र खिनिमायाको परिवारलाई नेपाली काङ्ग्रेसका महामन्त्री एवं पुर्वी नवलपरासी क्षेत्र नं १का संघीय सांसद डा शशांक कोइरालाले नगद ५० हजार सहयोग प्रदान गर्नु भएको छ ।

पहिरोले पुरिएर निधन भएका दम्पतीका छोरा धनविर नेपालीलाई कोइरालाले दिएको सहयोग बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।

यस अघि पहिरोमा परि निधन भएका दम्पतीका छोरा धनविर कार्यालय सहयोगी रहेको विद्यालय देबबडाचुली माध्यमिक विद्यालयले नगद १० हजार र नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीका अध्यक्ष होमराज रानाभाटले व्यक्तिगत रुपमा नगद ५ हजार सहयोग दिने घोषणा गरेका थिए ।

 

नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीका अध्यक्ष रानाभाटले पीडित परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले सहयोग गर्न दाताहरुलाई आग्रह समेत गर्नु भएको छ ।

Share.

Leave A Reply