बाढी पहिरो प्रभावितका लागि गैंडाकोट २ मा निःशुल्क कपडा घरको स्थापना

0

गैंडाकोट, ८ साउन । बाढी पहिरो प्रभावितका लागि गैंडाकोट नगरपालिका वडानम्वर २ मा कपडा घरको स्थापना भएको छ । मानव सेवा जीवनको सर्वोत्तम कार्य भन्ने मुलानाराका साथ सामाजिक कार्यमा निरन्रत सक्रिय गैंडाकोट जेसिसले उक्त कपडा घरको स्थापना गरेको हो । वाढी पहिरो प्रभावितले निः शुल्क रुपमा उक्त घरबाट कपडा लिन सक्नेछन् ।

विशाल चोकमा स्थापना गरिएको घरको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पुर्वी नवलपरासीका अध्यक्ष मदनभक्त अधिकारीले शुभारम्भ गर्नु भएको हो ।

चौतर्फिको महामारीवाट समस्यामा परेका जो कसैले पनि आवश्यकता अनुसार कपडा लिन सक्ने व्यवस्था मिलाइएको गैंडाकोट जेसिस वर्ष २०२०का अध्यक्ष सुशील काफ्लेले बताउनु भयो। विपत्तिमा प्रभावित रहेकाहरुका लागी छिट्टै खाद्यान्न बैङको पनि सन्चाल गर्ने उहाँले बताउनुभयो ।

कपडा घरका लागि गैंडाकोट वडा नं २ का वडा सदस्य यदुनाथ सापकोटाले सटर उपलब्ध गराउनु भएको छ । गैंडाकोट जेसिस वर्ष २०२० का अध्यक्ष सुशील काफ्लेको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी पुर्वी नवलपरासीका अध्यक्ष मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नेपाल जेसिस वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा, गैंडाकोट जेसिसका पुर्व अध्यक्षहरु कृष्णहरि सापकोटा , प्रमेश आचार्य , गोविन्द कंडेल , कार्यक्रम संयोजक एवं गैंडाकोट जेसिस वर्ष २०२०का कार्यकारिणी उपाध्यक्ष ईश्वर पौडेल , गैंडाकोट नगरपालिका वडा नं २ का वडा सदस्य यदुनाथ सापकोटा लगाएतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको स्वागत मन्तव्य गैंडाकोट जेसिस वर्ष २०२०का कार्यकारिणी उपाध्यक्ष राजेश पौडेलले राख्नु भएको थियो ।

Share.

Leave A Reply