मुना सहकारीको नीति तथा कार्यविधि पुनरावलोकन कार्यशाला सम्पन्न

0

गैंडाकोट, ८ साउन । मुना बचत तथा ऋण सहकारी संस्थाले नीति तथा कार्यविधि पुनरावलोकन कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा संस्थाका सन्चालक, लेखा तथा सुपिरवेक्षण समिति पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो ।

सहकारी अभियन्ता गोविन्द रिमालले प्रशिक्षण सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष रविन्द्रराज घिमिरेले अबको केही वर्षभित्रै उत्कृष्ट संस्थाको दाँजोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष संगिता घिमिरेले नवीन युग सुहाउँदा गतिविधिमा संस्थाले जोड दिनुपर्ने बताउनु भयो । संस्थाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि पाण्डेले नीति, विधि र प्रविधिले सुसज्जित संस्थाको रुपमा मुना साकोसका गतिविधि अगाडि बढाइने जानकारी दिनुभयो ।

संस्थाका सन्चालक तेजप्रसाद घिमिरे, कृष्णप्रसाद पराजुली, अमृत पण्डित, हरि पौडेल लगायतको उपस्थिति रहेको सो कार्यक्रमको सन्चालन संस्थाका सचिव मिलन घिमिरेले गर्नुभएको थियो ।

Share.

Leave A Reply