नेपाली कांग्रेस गैडाकोट ५ को विस्तारित वैठक सम्पन्न

0

अजय पौडेल, ८ साउन । नेपाली कांग्रेस गैडाकोट ५ को विस्तारित वैठक तथा विभिन्न वडाका व्यक्ति हरूको उपस्थितिमा वडा न ५ भित्र रहेका १८ वटै टोलमा एकजना संयोजक र दुई जना सदस्य रहने गरि टोल व्यवस्थापन समिति गठन गरियो।

उक्त कार्यक्रममा नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्य हरूको नविकरण र नयाँ क्रियाशील सदस्य वितरण वारे व्यापक छलफल भएको थियो ।

सभापति गोविन्द घिमिरेले टोल व्यवस्थापन कमिटी गठनको औचित्य र क्रियाशील सदस्य वारे औचित्यता स्पस्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मदन भक्त अधिकारी, क्षेत्रीय सभापति द्रोण वन सन्यासी, नगर सभापति तारापति खरेलले कार्यक्रम सर्हानिय भएको भन्दै सवै मिलेर दुख सुख आत्मसाथ गर्दै सवै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, महिला संघ जिल्ला कोषाध्यक्ष शान्ती न्यौपाने, किसान संघ केन्द्रीय सदस्य तुल्सी गौतम,वुथ सभापति शालिकराम घिमिरे, कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, भिमबहादुर कुमाल,वडा सदस्य पार्वती सापकोटा , नेविसंघ वडा संयोजक धनराज कंडेल लगायत विभिन्न अग्रज नेताको उपस्थिति रहेको थियो । सभापति गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मण कँडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply