यि हुन् नेपाली एक हजारमा छापिने भाग्यमानी जुम्ल्याहा हात्ती

0

डोलराज रानाभाट, ८ साउन  । नेपाल राष्ट्र बैँकले बुधवार देखि बजारमा ल्याएको एक हजारको नोटमा राखिएका राम लक्ष्मण हात्ती चितवन राष्ट्रिय निकुञ्जका हुन् । उनीहरु अहिले ११ वर्ष पुरा गरी १२ वर्षमा यात्रा गरिरहेका छन् ।

नेपालको इतिहासमा नेपाली हात्ती नोटमा छापिनेमा यि दुई मात्रै भाग्यमानी हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार आमा देवी कलीको कोखबाट विस २०६५ साल कार्तिक २१ गते उनीहरुको जन्म भएको हो ।

 

विश्व इतिहासमा हात्तीले जुम्ल्याहा पाएर दुवै छावा बाँचेको यो नै पहिलो इतिहास भएको रुपाखेतीले दावी गर्नुभयो । प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भन्नुभयो,“जुम्ल्याहा पाएर वाँचेको यो अत्यन्त दुर्लभ हो । थाइल्याण्डमा जुम्ल्याहा पाएपनि छावा वाँचेको थिएन । त्यसैले विश्व इतिहासमै यो अनौठो हो ।”

नेपाली नोटमा छापिएपछि यी दुईको चर्चा उकालिएको छ । अहिले रामलाई सौराहाको हात्तीसार र लक्ष्मणलाई कसराको हात्तीसारमा राखिएको छ । उनीहरु सांढे ३ देखि ४ वर्षको हुँदा नै तालिम दिइएको उहाँले बताउनुभयो । ५ वर्षदेखि भने दुवै हात्तीले काम गर्न सुरु गरेका थिए ।

 

अहिले यिनीहरुलाई निकुञ्जको गस्ती, कतै डुवान परेको त्यसको उद्दार लगायतमा प्रयोग गरिदै आएको छ । हात्तीलाई काम नलगाए मात्ती हाल्छ, रुपाखेतीले भन्नुभयो,“१५ देखि ४५ वर्ष भनेको सवै तवरले स्वास्थ्य मानिन्छ र काम लिने उपयुक्त समय पनि” ।

 

कोभिड १९ र लकडाउनले पर्यटक आउन नसेकेपनि अवस्था सामान्य भएपछि हेर्न आउने मानिसहरुको सुविधाका लागि पनि योजना वनेको अधिकृत रुपाखेतीले बताउनुभयो । दुवै हात्तीलाई एक दिनमै हेर्न सकिने गरी व्यवस्था मिलाएको उहाँको भनाई छ । सानोमा देश विदेशबाट उक्त हात्तीलाई हेर्नेहरुको भीड नै लाग्ने गरेको उहाँले सुनाउनुभयो । अव नोटमा छापिएपछि अवलोकन गर्न अउनेहरु वढ्ने अनुमान सहित योजना बनाएको बताउनुभयो ।

अहिले निकुञ्जका ६२ हात्ती विभिन्न १४ ठाउँमा रहेका छन् । त्यसमध्ये ३४ वटा हात्ती नियमित काममा सक्रिय रहेका छन् ।

Share.

Leave A Reply