मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम जारी

0

चितवन, ७ साउन । मुग्लिन नारायणगढ सडक खण्ड अन्तगर्त १६ किलोमा चट्टान सहित झरेको पहिरो हटाउने कार्य जारी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार पानी परेन भने राति ९ बजेसम्म एकतर्फि संचालनमा आउन सक्ने जानकारी दिनुभयो ।

आज विहान १० बजेबाट काम सुरु गरिएको भन्दै उहाँले अहिले ठूलो चट्टानलाई ड्रील गरेर स साना बनाई पन्छाउने काम भइरहेको हो । मंगलबार राती पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेको थियो । पहिरो खसेपछि अपरान्ह ४ः३० बजेदेखि एकतर्फि संचालन आएको सडक खण्ड पुनः अवरुद्ध भएको थियो ।

Share.

Leave A Reply