लामो दुरीको सवारी चल्न नदिएको भन्दै गुनासो, चितवनमा सवारी चाप वढ्यो

0

डोलराज रानाभाट, चितवन,७ साउन । सरकारले आजबाट लकडाउन हटाएपनि लामो दुरीका यातायात संचालनलाई फुकुवा नगरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । जिल्ला भित्र भने सवारी चल्न दिने तर लामो दुरीको यातायात संचालनमा अझै रोक लगाउनु ले सरकारले विभेद गरेको झापा देखि काठमाण्डौ वस संचालन गर्ने यातायात व्यवसायी प्रकाश ढकालले बताउनुभयो ।

सरकार कसैको स्वास्र्थमा छ की भन्ने प्रश्न उठेको भन्दै लकडाउनका कारण आफूहरु ठूलो समस्यामा परेको बताउनुभयो । चैत्र १० गतेदेखि वस चलाउन नपाएको भन्दै लकडाउन हटाएर लामो दुरीको यातायत चलाउन नदिने सरकारको कदमले थप पीडा दिएको बताउनुभयो । लामो समय वस पार्कीङ गरेर राख्नु पर्दा वसका सामानहरुमा खिया लागेको छ । पार्किङमा रहेका वसलाई संचालन गराउन १ देखि डेढ लाखसम्मको मर्मत गर्नुपर्ने व्यसायीको भनाईछ छ ।

अव भदौ १ बाट लामो दुरीका सवारी संचालन गर्न दिने सरकारको अनुमति पर्खिएर उनीहरु वसेका छन् । भरतपुरको केन्द्रीय टर्मिनलबाट ७ भन्दा वढि व्यसायीहरुले लामो दुरीको सवारी संचालन गर्दछन् । सवारी संचालनमा नआएपछि महिनौँ सुनसान छ । यातायात संचालन हुँदाका समय २४ सै घण्टा चल्ने श्याम वहादुर थापाको पसलमा अहिले एका दुइ ग्राहक आउने गरेका छन् । चिया खाजा विक्रि गरेर परिवार पाल्दै अउानुभएको उहाँलाई अहिले समस्या परेको छ । दैनिक ५ लिटर दुधको चिया विक्रि गर्ने उहाँले अहिले आधा लिटर दुध पनि फाटेर फाल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

भदौ १ बाट व्यापारमा सुधार हुन्छ की भन्ने आशा उहाँ जस्तै ९ जना व्यवसायीहरुमा छ । सरकारले जोरविजोर प्रणाली खारेजगरे सँगै आज चितवनमा सवारी सँग मानिसहरुको चाप वढेको छ । धेरै म्याजिक र अटो चलेका छन् भने मोटरसाइकलहरु पनि धेरै गुडेका छन् । तर म्याजिक र अटो ले भने यात्रु नपाएको गुनासो गरेका छन् । वैँकको किस्ता र परिवार पाल्न कठिन भएपछि आत्तिएर वसेका उनीहरु यात्रु पाउने आशामा महानगरपालिका परिक्रमा गरिरहेका छन् ।

Share.

Leave A Reply