राजमार्गको पहिरोले गैंडाकोटबाट पठाइएको स्वावको रिर्पोटमा ढिलाई

0

७ साउन । गैंडाकोट नगरपालिकामा आज ५९ जनाको स्वाव संकलन गरिएको छ । स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार भृकुटी चोकमा ५९ जनाको स्वाव संकलन गरिएको हो । आज उद्योगी व्यापारी लगायतको स्वाव लिइएको हो ।

हालसम्म सकलित स्वावहरुको रिपोर्ट आएपछि समुदायमा कोरोनाको अवस्था के छ भन्ने प्रष्ट हुने उहााले बताउनुभयो । आज संकलित स्वाव पनि परीक्षणका लागि हेटौडा पठाइएको छ।

केभिड १९ परीक्षण गर्ने किट वोकेर आएको गाडी मुग्लिनमा रोकिनु परेका कारण रिपोर्ट आउनमा ढिलाई भएको उहाँले बताउनुभयो ।

सडकखण्डमा पहिरो गएपछि अहिले सोही गाडी वैकल्पिक वाटो हूँदै हेटौडा पुगेको र त्यसपछि परीक्षण भई रिपोर्ट आउने उहाँले बताउनुभयो । नगरक्षेत्र सिलपछि यसअघि २१८ जनाको स्वाव संकलन भइसकेको छ ।

Share.

Leave A Reply