काँग्रेस गैंडाकोटको विज्ञप्तीमा नेकपा गैंडाकोटको ध्यानाकर्षण

0

गैंडाकोट, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा गैडाकोटले नेपाली काँग्रेसको विज्ञप्तीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गैडाकोट नगरकमिटी अध्यक्ष षडानन्द लामिछानेद्धारा हस्ताक्षर गरी आज जारी गरिएको विज्ञप्तीमा गैंडाकोटको स्थानीय सरकारमा काँग्रेसले सत्ता पक्ष र प्रतिपक्षको छनक दिनेगरी विज्ञप्ती निकालेको भन्दै स्थानयि सरकार संचालक ऐन २०७४ ले स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नगरेको प्रष्ट्याइएको छ ।

बहुमतको हवला दिँदै नगरको विकासमा स्थानीय सरकारलाई काँग्रेस गैंडाकोटले वाधा पुर्याएको अनुभूति भएको जनाइएको छ । साथै नगरप्रमुखको पदलाई मानमर्दन गर्न अभिप्रेरित गर्न खोजिएको भन्दै नगरप्रमुखले कसैको नाम र पार्टीको नाम नलिएको विषयलाई तोडमोड गरी अनावश्यक वखेडा निकालिएको भनिएको छ ।

त्यसले सामाजिक सद्भाव खलवलिन सक्ने खतारप्रति सवै सचेत रहन आग्रह गरिएको छ । समृद्ध नगर निर्माणका लागि सवै एक जुट भर्ई अघि वढ्न विज्ञप्तीमार्फत आग्रह गरिएको हो । साथै अनर्गल प्रचारको पछि नलागि नगरको विकासमा सहयोग गर्न नगरवासीहरुलाई अनुरोध गरिएको छ ।

 

Share.

Leave A Reply