विपी स्मृतिमा रक्तदान कार्यक्रम

0

चितवन, ६ साउन । जननायक स्व. बि.पी. कोईरालाको ३८ औं स्मृति दिवसका अवसरमा तरुण दल चितवनले आज भरतपुर १५ मंगलपुरमा बिचार गोष्ठि तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बि.पी. बिचार र आजको सन्दर्भ बिषयक बिचार गोष्ठिमा नेपाली काँग्रेसका नेताहरुले तरुण उमेर होईन बिचारले हुने बताए । तरुणदल चितवनका प्रबक्ता बिश्व बाँस्तोलाको संयोजनमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ थिए ।

कार्यक्रममा नेपाल तरुण दल चितवनका पुर्ब अध्यक्ष एवं पुर्ब केन्द्रिय सदस्य शम्भु अर्याल, काग्रेस नेता दिनेश कोईराला, नेपाली काँग्रेस चितवनका पुर्व अध्यक्ष रामकृष्ण घिमिरे लगायतले तरुणहरु जागरुप नहुने हो भने देशै नै बर्बादीको मार्गमा अगाडी जाने भएकोले सचेत र जागरुप हुन उपस्थित तरुण युवाहरुलाई आवहान गरेका थिए ।

 

कार्यक्रम नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्रकारको सभापतित्वमा सम्पन्न भएको हो । सो समयमा गरिएको रक्तदान कार्यक्रममा ८ महिला र २१३ पुरुष गरी २२१ जनाले रक्तदान गरेका थिए ।

Share.

Leave A Reply