सिल गरिएपछि गैंडाकोट नगरपालिकामा २१८ जनाको स्वाव संकलन

0

डोलराज रानाभाट, ६ साउन । गैंडाकोट नगरपालिकाबाट २१८ जनाको स्वाव संकलन गरिएको छ । समुदाय स्तरमा कोरोना भाइरसको सक्रमण देखापरेपछि नगरपालिका क्षेत्र सिल गरेर उक्त सख्यामा स्वाव संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । साउन १ गते ५ जना नेपाल प्रहरी सहित १८ जनामा कोभिड १९ को संक्रमण देखिएपछि नगरपालिका साउन २ गतेदेखि सिल गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार १८ जना कोरोना सक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका १२४ जनाको हिजो इलाका प्रहरी कार्यालय गैडाकोटमा स्वाव संकलन गरिएको थियो । उक्त स्वाव परीक्षणका लागि हेटौँडाका पठाइएको र आज राति वा भोलिसम्म रिपोर्ट आउने सम्भावना रहेको बताउनुभयो ।

त्यस्तै आज विहान लक्ष्मी माविमा ५४ जनाको स्वाव संकलन गरिएको छ । क्वारेनटाइनमा वसेको, ठूलो समुह आउने ठाउँमा व्यापार व्यवसाय गरेका र जपन्रतिनिधिको सहित सकलन गरिएको हो । संकलित स्वाव भरतपुर पठाइएको छ । त्यस्तै आज नै नेपाल राष्ट्रिय शमसेर माविमा ४० जनाको स्वाव संकलन गरिएको छ ।

नेराशामा क्वारनेटाइनमा र होम क्वरोनटाइनमा वसेकाहरुको स्वाव लिइएको हो । नगरभित्र हालसम्म ५० जनामा कोरोना संक्रमण देखिएको छ भने ६ जना निको भएर घर फर्किसकेका छन् । उता चितवनको रत्नगनर १३ का एक ३५ वर्षीय पुरुषमा कोभिड १९ पुष्टी भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाालाका अनुसार आज परीक्षण गरिएको ११२ नमुना मध्ये एक जनामा संक्रमण देखिएको हो ।

Share.

Leave A Reply