मुग्लिन नारायणगढ सडक एकतर्फि संचालनमा

0

साउन ६ । हिजो विहानदेखि अवरुद्ध नारायणघाट मुग्लिङ्ग सडक एक तर्फि संचालनमा आएको छ । सडकखण्डको चारकिलोमा खसेको पहिरो सफा गरेर एक तर्फि सडक संचालमा ल्याइएको इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, वाग्मति प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट सहितको समुह फिल्डमै गएर काम तिव्र पारेपछि एकतर्फि संचालनमा आएको छ । साँढे ४ बाट सडक संचालनमा आएपनि पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिरोले यात्रा पुरा गर्न भने कठीन हुने देखिएको छ ।

ट्राफिक प्रमुख एसपी रानाभाटका अनुसार अहिले धादिङको मौवा खोला निरीक्षणका लागि गएको र वैकल्पिक वा डाइभर्सन के सम्भव छ त्यो उपाय अपनाएर भएपनि सडक संचालनमा ल्याउने बताउनुभयो । पृथ्वी राजमार्गको केबुलकार, चुम्लिङ्गटार र फिस्लिङ्ग नजिकै पहिरो फाल्ने क्रम जारी छ ।

आज चितवन जिल्ला भित्र पर्ने राजमार्ग सुचारु गर्ने लक्ष्य छ । यति बेला सडक डिभिजन भरतपुरले चितवन जिल्लाको राजमार्गमा मात्र ५ वटा लोडर, ६ वटा ब्याकहु र १ वटा एक्साभेटर प्रयोग गरेर राजमार्ग सुचारु गराउने प्रयास गरिरहेको हो ।

Share.

Leave A Reply