वाढी प्रभावित क्षेत्रमा नगरप्रमुख पौडेल

0

माया कडेँल, ६ साउन । जनताको समस्या भनेको आफ्नै समस्या भएको भन्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले समस्या समाधानमा आफु निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।

लगातारको वर्षा र यसले पु¥याएको क्षति र नगरबासीको पिर मर्का बुझ्न नगरप्रमुख घरदैलोमा नै पुग्न थाल्नुभएको छ । हिजो आज उहाँको यो दैनिकी नै बनेको छ । हरेक दिनजसो नदि तटिय क्षेत्रमा उहाँ पुग्ने गर्नुभएको छ ।

नगरप्रमुख पौडेलले आजभोली नारायणी नदी र गैंडाकोटका विभिन्न खोलाको अवस्था बुझ्ने, अवलोकन गर्ने र स्थानीयलाई कसरी सुरक्षीत बनाउने भन्नेमा केन्द्रित रहेर बित्ने गरेको बताउनुभयो । एकतार्फि कोरोनाको डर नगर बन्द गरेर सुरक्षित गर्न अघि वढिरहेकै बेला नारायणी नदी, खहरे खोला र ढल निकासका गरि नगरबासीलाई सुरक्षित गर्न नगरप्रमुख पौडेल जुटिरहनुभएको छ ।

गैंडाकोटका विभिन्न स्थानमा स्थलगत निरिक्षणका क्रममा भेटिनुभएका नगरप्रमुख छत्रराज पौडेलले आफु हरसमय जनतासँगै रहेको बताउनुभएको छ । जनताको समस्या भनेकै आफ्नै समस्या भएको भन्दै समाधानमा आफुले निरन्तर प्रयास र काम गरेको उहाँको भनाई छ । उहाँले संघीय र प्रदेश सरकारसँगको सहकार्यमा स्थानीय सरकारले नदीमा तटबन्ध लगायतका क्रियाकलाप गर्ने बताउनुभयो । कोरोनाका कारण कतिपय तटबन्धको काम हुन नसकेको पनि उहाँको भनाई छ ।

नगरप्रमुख पौडेलले तत्काल समस्यामा परेकाहरुलाई नगरपालिकामा रहेको विपद् कोषको परिचालन गरिने बताउँदै जोखिममा रहेका नगरबासीलाई सुरक्षित स्थानमा राखिने बताउनुभयो । उहाँले नगरबासीलाई सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो । आज पनि गैंडाकोट नगरपालिकाका नदि तटिय क्षेत्र र अन्य स्थानको निरिक्षण गर्दै गैंडाकोट २, ४, ५, ७, १० लगायतका डुवान क्षेत्रका स्थानीयलाई सुरक्षीत स्थानमा सारिएको पनि बताउनुभयो ।

Share.

Leave A Reply