गैंडाकोट ५ नारायणी नदी किनारमा रहेको सोनम खाजाघर (साविकको दुना टपरी होटल) नारायणी नदीले बगायो

0

माया कडेँल, ६ साउन । गैंडाकोट ५ नारायणी नदी किनारमा रहेको सोनम खाजाघर (साविकको दुना टपरी होटल) नारायणी नदीले बगाएको छ । खाजाघरका केहि कटेज नदीले बगाएको हो । नारायणी नदीको बहाव बढेसंगै रातभरि नै अनिदो बस्नुपरेको खाजाघर संचालक विमला थापाले बताउनुभयो ।

उहाँका अनुसार खाजाघरका केहि कटेज नदिले बगाएपछि अन्यत्र रहेका होटलका सामग्री विद्यालयमा सारिएको थियो । सो स्थान लगायत आसपासमा जमिन कटान समेत गरेको छ । स्थानीय जनप्रतिनिधीहरुको सहयोगमा होटलका सामग्री सुरक्षीत गरिएको हो । खाजाघर सञ्चालिका थापाले स्थानीय सरकार र सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

खाजाघरका सामान गैंडाकोट ५ मा नै रहेको सरस्वती आधारभुत विद्यालयमा राखिएको गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । उहाँले अन्यत्र समस्यामा परेकाहरुलाई उचित व्यवस्थापन गरिने बताउनुभएको छ ।

नदीले कटान गरेको स्थलको अवलोकन पश्चात गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले संघीय र प्रदेश सरकारसँगको सहकार्यमा स्थानीय सरकारले नदीमा तटबन्ध लगायतका क्रियाकलाप गरिने बताउनुभयो । तत्काल समस्यामा परेकाहरुलाई नगरपालिकामा रहेको विपद् कोषको परिचालन गरिने बताउँदै सुरक्षित स्थानमा राखिने बताउनुभयो । उहाँले नगरबासीलाई सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो ।

जिल्ला समन्वय समिति उप प्रमुख शारदा विश्वकर्माले जनतालाई राहत र सुरक्षित गर्ने सवालमा स्थानीय सरकार चनाखो बन्नुपर्ने बताउनुभयो । साथै उहाँले संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरि आगामी दिनमा तटिय क्षेत्रका नागरिकको सुरक्षाका लागि पहल गरिने बताउनुभयो ।

नदिले कटान गरेको स्थानमा गैंडाकोट नगरपालिकाका कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, वडासदस्यहरु हरि ढकाल, पार्वती सापकोटा लगायत जिल्ला तथा स्थानीय तहका विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय व्यक्तिहरु अवलोकनका लागि पुगेका थिए ।

Share.

Leave A Reply