नारायणीको कटानले गैंडाकोट ६ मा घरहरु भत्कीय

0

५ साउन । नारायणीको वाढीले खतराको संकेत पार गरेपछि गैडाकोटका विभिन्न ठाउँहरु डुवानमा पर्नुका साथै नदीले घरहरु कटान गरेको छ । गैटाकोट ६ शिवनगर टोल विकासमा रहेका घरहरुलाई नारायणी नदीले कटान सुरु गरेको छ ।

सोही टोलका फोनु विक, गिरमान परियार, शुकदेव परियार, साजन लगायतका घरहरु वाढिले कटान गरेर आधा घर भत्काइसकेको टोल विकास संस्थाका अध्यक्ष किसन गुरुङले जानकारी दिनुभयो । अहिले शिव मन्दिर र सिताराम मन्दिरमा अस्थायी वसोवासको व्यवस्था मिलाइएको छ । समयमै तटवन्ध नगरिदा अहिले नारायणी कटाको समस्यामा परेको अध्यक्ष गुरुङले बताउनुभयो । आफूहरुले पटक पटक तटवन्धको माग गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको उहाँको भनाई छ ।

उता गैडाकोट २ स्थिती नारायणी नदी किनारका घरहरुमा पानी पसेको छ । अक्सफोड कलेज नजिकका अधिकाँश वस्तीमा पानी पसेको छ । वाढि पसेपछि नगरप्रमुख छत्रराज पौडेलले स्थलगत अवलोकन गर्दे अहिले घरमा वस्न नमिल्नेहरुलाई अस्थायी वसोवासको व्यवस्था मिलाएको बताउनुभयो ।

Share.

Leave A Reply