साउन ५, गैंडाकोट
नारायणी नदीले खतराको संकेत पार गरेको छ । गैडाकोटका विभिन्न ठाउँहरु डुवानमा परेका छन् । नदीले खेतीयोग्य जमिन कटान गरेको छ भने घरहरु भत्काएको छ । स्थानीय त्रासमा रहेका छन् । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । नवलपुरमा लगातार पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै ४ दिन निरन्तर झरी पर्ने सम्भावना छ ।
फोटो ः माया कंडेल