नारायणी नदिले खतराको चिन्ह् पार, पानीको सतह ८.१६ मिटर पुग्यो , सर्तक रहन आग्रह

0


साउन ५, गैंडाकोट
नारायणी नदिले खतराको चिन्ह् पार गरेको छ ।अहिले पानीको सतह ८.१६ मिटर पुगेको नारायणी नदी देवघाट बाढीमापन केन्द्रले जनाएको छ । नारायणी नदी देवघाट बाढीमापन केन्द्रका अनुसार जलसतहले पानीको सतह ८ मिटर पार गरेमा खतरा हुन्छ । देशभर भईरहेको बर्षाका कारण नारायणी नदिले खतराको तह पार गरेर अहिले ८. १६ मिटर पुगेको छ । सो क्षेत्रमा विहान ११ ः ३० बजेको समयमा पानीको सतह ७.४९ मिटर पुगेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार केहि दिन भारी बर्षा हुने भएकाले देशभरकै नदि, खोलाको सतह बढने बताईएको छ ।
यस्तै नारायणी नदि , नारायणी पुलमा पनि जलसतह ११.५४ मिटर पुगेको छ । जवकी जबकी ११ मिटरलाई सतर्कता तह मानिन्छ । पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Share.

Leave A Reply