नारायणी लिफ्ट खगेरी सिँचाइ आयोजनाको भरतपुर महानगरपालिकाकी प्रमुख दाहालद्वारा स्थलगत निरीक्षण

0

साउन ५, चितवन

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नारायणी लिफ्ट खगेरी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । आज (सोमबार) उहाँले नारायणी नदी किनारमा रहेको नारायणी लिफ्टको ‘ए’ र ‘वि’ पम्प हाउसको निरीक्षण गर्नुभएको हो ।

स्थलगत निरीक्षण पश्चात उहाँले यसबर्षदेखि हिउँदमा पनि सिँचाई गर्न मिल्नेगरी काम गरिने बताउनुभयो । काम सम्पन्न गर्नका लागि भरतपुर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
८ महिना अघि चितवन क्षेत्र नं. ३ का सांसद तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना समितिका पदाधिकारी र किसानसंगको छलफलमा बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यसबर्ष संघिय सरकार र प्रदेश सरकारका तर्फबाट लिफ्ट मर्मतका लागि ३५ करोड बजेट विनियोजन भएको छ ।

अध्यक्ष प्रचण्डकै पहलमा पश्चिम चितवनको सिंचाइका लागि केरुङगा घोल लिफ्ट सिँचाइ आयोजनका लागि ६ करोड बढि रकम विनियोजन भएको छ । नारायणी लिफ्ट खगेरी सिँचाइ आयोजनाका प्रमुख खेम पाठकले नयाँ पम्प खरिदका लागि टेण्डर आब्हान भइसकेको बताउनुभयो । उहाँले यसबर्ष हिउँदसम्म सम्पन्न गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

यसबर्ष संघ र प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि पश्चिम चितवनका किसान खुसी भएका छन् । नारायणी लिफ्टबाट पश्चिम चितवनको ४७ सय हेक्टर क्षेत्रफलमा सिंचाइ हुन्छ भने खगरी सिंचाइबाट ३९ सय हेक्टरमा सिंचाइ हुदै आएको छ । भरतपुरको शहरी क्षेत्रमा घना बस्तीका कारण सिंचाइ हुने क्षेत्र घटेको छ ।

Share.

Leave A Reply