नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन प्रशासनको आग्रह ।।

0


साउन ५, गैंडाकोट ।
नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । लगातार बर्षा भईरहेकाले जल सतह बढ्दो रहेकाले चितवन र नवलपरासीको नारायणीको तटिय क्षेत्रमा हुनेहरूले बेलुका सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केहि दिन भारी बर्षा हुने भएकाले देशभरकै नदि, खोलाको सतह बढने बताईएको छ । सो क्षेत्रमा विहान ११ ः ३० बजेको समयमा पानीको सतह ७.४९ मिटर पुगेको छ । जबकी ७.३ मिटरलाई सतर्कता तह मानिन्छ । पानीको सतह ८ मिटर पार ग¥यो भने खतराको तह नाघ्ने छ । पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

 

Share.

Leave A Reply