पहिरोले मुग्लिन नारायणगढ सडक बन्द

0

तस्विर ः ई. शिव खनाल

चितवन, साउन ५ । हिजो देखि परेको वर्षाका कारण गएको पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । उक्त सडक खण्डको चार किलो भन्ने स्थानमा आज विहान ४ बजे पहिरो खसेको थियो । पहिरोको कारण अहिले सडक पूर्ण रुपमा अवरुद्ध रहेको इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने उहाँले बताउनुभयो । उक्त सडक प्रयोग गरी यात्रा गर्नेहरुलाई वैकल्पिक यात्रा गर्न यात्रुहरुलाई आग्रह गरिएको छ । लगातारको वर्षा हुनासाथ पहिरो खस्ने गर्दा पटक पटक मुग्लिन नारायणगढ सडक अवरुद्ध हुँदै आएको छ ।

 

कहिले सडक नै भासिने समस्या समेत हुँदा मर्मतमा ढिलाई भइरहेको छ । अस्थायी मर्मत गर्दै सडक संचालन गर्नु परिरहेको छ ।

Share.

Leave A Reply