मध्यविन्दु ३ रतनपुरमा नारायणीको कटान ः कटेज नै बगायो

0

डोलराज रानाभाट, ५ साउन । आजबाट देशका कतिपय स्थानमा वर्षा भइरहेको छ । नवलपुरमा पनि हिजो देखि निरन्तर पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महासाखाका अनुसार अझै ४ दिन निरन्तर झरी पर्ने छ । जब झरी पर्न थाल्छ, नदी किनारका बस्तीमा रहेकाहरुको भोक निद्रा हराउँछ । त्यही भएको छ नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका ३ रतनपुरका स्थानीयमा पनि । स्थानीय विष्णुप्रसाद पोखरेललाई निन्द्रै पर्दैन । २०५७ सालमा भात खाने खेत बगाएर उठीबास बनाएको नारायणी नदीको ठूलो पानी पर्नासाथ उहाँलाई तर्साइ रहन्छ ।

२०५७ सालमा नारायणीले भात खाने खेत नै बगाएपछि उहाँलाई हरेक पटकको ठूलो वर्षाले झस्काउने गरेको हो । उहाँ सहित ७९ घरपरिवारका करिव ३ सय वढि विघा खेत त्यतिवेला वगाएर लगेको थियो । अहिले पनि सोही ठाउँमा कटान तिव्र छ । जसका कारण नदी किनार नजिक रहेको कटेज बगाइसकोको छ भने कटान तीव्र छ । नवलपुरको मध्यविन्दु ३ रतनपुरका स्थानीय बाढीको त्रासमा बाँच्नु परेको वर्षौं भइसक्यो । तर रोकथामको लागि सांसद देखि स्थानीय तहका जनप्रतिनिधीसम्म कसैले सहयोग गरेनन् । जव समस्या आउँछ त्यसपछि हतार हतार रातारात काम सुरु गर्ने प्रवृत्ति मौलाउदा त्यहाँका स्थानीय जहिले समस्यामा छन् । स्थानीय विष्णु अधिकारी २०४५ र ५७ सालमा बाढी आएको र बस्ती नै बगाएको सम्झनुहुन्छ ।

तर त्यस यता बाढीबाट बस्तीलाई जोगाउन पहल र काम भएको उहाँलाई सम्झना छैन । २०५७ सालमा नारायणीको बाढीले खेत बगाए पनि प्रभावितले सरकारलाई तिरो भने तिरिरहेका छन् । स्थानीय विष्णु प्रसाद पोखरेलले खेत नभएपछि लालपुर्जा हातमा भएको र तिरो तिर्दै गरेपछि कि नगद कि जमिनको सट्टा सरकारले जमिननै दिन्छ भन्ने आशा छ । यो आशा बोकेर तिरो तिर्न थालेको २० वर्ष पुग्न लाग्यो । तर कुनै क्षतीपुर्ति उहाँको हातमा परेको छ न जमिनन नै । अहिले त झन् वाँकी भएको जमिन पनि लैजाने होकी भन्ने चिन्ता उहाँ लगायत स्थानीयमा छ । निरन्तरको कटानले नारायणी नदीमा बनाईएको तटबन्धलाई नै बगाउने होकी भन्ने चिन्ता पनि थपिएको छ । कटेज बगाएर थप खेतीयोग्य जमिन लगातार कटान भईरहेको छ ।

 

तर वडाअध्यक्ष अमरबहादुर महतोले कटान रोक्ने काम भइरहेको बताउनुभयो । गत वर्षपनि काम त भएको तर बजेट अभावले कटान रोकिने गरी काम नभएको बताउनुभयो । अहिले ६५ लाख बजेट परेको छ र पानीको धक्का नियन्त्रणका लागि काम भईरहेको छ । तर लामो समय देखि समस्या झेल्दै आएका नागरिक दीर्घकालिन समाधान नखोजिंदा ठूलो पानी पार्ना साथ रातभर जाग्राम बस्न बाध्य छन् ।

Share.

Leave A Reply