विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड चौंथो वर्षमा प्रवेश

0

प्रेम क्षेत्री,साउन ४, गैंडाकोट । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड चौंथो वर्षमा प्रवेश गरेको छ । २०७३ साल श्रावण ४ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भई सञ्चालनमा रहेको सहकारीले दैनिक उपभोग्य सामानको खरिदका लागि पसल पसल चहार्नुपर्ने बाध्यतालाई हटाउँदै गैंडाकोट ८ मा मिनीमार्ट सञ्चालनमा ल्याएको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा प्रर्वद्धित विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मिनिमार्टले हाल उपभोक्ताहरुलाई सस्तो मुल्यमा गुणस्तरीय खाद्यान्न र कस्मेटिक सामग्री उपलब्ध गराउँदै आएको छ ।
मिनीमार्टले कालोबजारी, मूल्यमा उतारचढाव, मिसावट युक्त खाद्यवस्तुहरु, नापतौलमा ठगीको प्रक्रियालाई अन्त्य गरी गुणस्तरीय वस्तुको अभावलाई आपूर्ति गर्न र एउटै छानामुनि सबै प्रकृतिको उपभोग्य वस्तुहरुको अभावलाई हटाउन लागिपरेको विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिलाल सापकोटाले बताउनुभयो । गैंडाकोटमा कोरोना संक्रणको कारण सृजित लकडाउन र गैंडाकोट बन्दका कारण औपचारीक कार्यक्रम नगरिएको उपाध्यक्ष गोपीनाथ खरेलले बताउनुभयो । सहकारीको माध्यमबाट सञ्चालन गरिएको मिनिमार्ट गैंडाकोटमै नयाँ हो भने अधिकाँश सामान विकसित देशको जस्तै गरी एकै ठाउँमा सपिङ गर्न सक्ने गरी गरिएको व्यवस्थाले स्थानीय पनि खुशी भएका छन् ।

Share.

Leave A Reply