बार्षिक निति तथा कार्याक्रम एवंम योजना तर्जुमा सम्बन्धि गोष्ठी पहिलो चरण सम्पन्न

0

४ साउन । विकू बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक बर्ष २०७७/७८ को लागि प्रस्तावित बार्षिक निति तथा कार्यक्रम एवंम योजना तर्जुमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । हिजो सम्पन्न गोष्ठीमा सञ्चालक समितिको तर्फबाट प्रस्ताव गरिएको निति तथा कार्यक्रमलाई सेवा केन्द्र व्यवस्थापन उप–समिति ,केन्द्रिय उप–समिति एवंम व्यवस्थापन तहमा छलफल पछि अन्तिम रुप दिईने भएको छ ।

उक्त कार्यक्रममा सञ्चालक समिति, कावासोती क्षेत्रका कावासोति सेवा केन्द्र, श्रीगणेश सेवा केन्द्र, हिमकिरण सेवा केन्द्र, नवलुम्बिनी सेवा केन्द्र, चोरमारा सेवा केन्द्र, जनकल्याण सेवा केन्द्र र गरिमा सेवा केन्द्र व्यवस्थापन उप– समिति तथा संस्थाको उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सेवा केन्द्र संयोजकहरुले आ–आफ्रनो सेवाकेन्द्रको तर्फबाट कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको उद्धघाटन गर्दै अध्यक्ष ओम प्रसाद सापकोटाले विकु समुदायमा आधारित नेपालको उत्कृट सहकारी संस्था रहेको बताउदै जस्तोसुकै प्रतिकुल अबस्थामा पनि सदस्यको सेवामा तत्पर र सक्षम रहेको बताउनुभयो । गत आर्थिक बर्ष २०७६/७७ मा उत्कृट आर्थिक उपलब्धि हासील गर्न सफल भएको भन्दै आगामि बर्ष पनि यसलाई निरन्तरता दिदै सदस्य सेवामा वी नेभर से नो को अवधारणमा अगाडि बढाउने बताउनुभयो ।

 

संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा सचिव प्रेम प्रसाद सापकोटा (राजु ) ले प्रस्तावित बार्षिक निति तथा कार्याक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply