चितवनबाट ११ हजार २५५ विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन सकेर केन्द्र पठाइयो

0

४ साउन । यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसइईको नतिजाका लागि आन्तरिक मूल्याङ्कन गर्ने सरकारी नीति अनुसार चितवनबाट ११ हजार २५५ जना विद्यार्थीहरुको मूल्याङ्कन गरी केन्द्र पठाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भूमिलाल शर्मा सुवेदीका अनुसार छात्र ५५ सय ५९ र छात्रा ५६ सय ९६ जनाको आन्तरिक मूल्याङ्कन गरेर नतिजाका लागि केन्द्रमा पठाइएको हो ।

एसइइ २०७६ का लागि चितवनका २२४ विद्यालय जसमा सामुदायिकतर्फ १०२, संस्थागत तर्फ १२२, खुल्लातर्फ १ र प्राविधिक तर्फ ६ वटा विद्यालयका विद्यार्थीहरुको आन्तरिक मुल्याङ्कन गरेर राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पठाइएको सुवेदीले बताउनुभयो । इकाई प्रमुख सुवेदीका अनुसार खुला र प्राविधिक सहित सामुदायिक विद्यालयका ३४ सय ६२ र संस्थागत तर्फका २२ सय ३४ जना छात्राहरु र २७ सय ९७ छात्र सामुदायिक विद्यालय र २७ सय ६२ जना संस्थागत विद्यालयका छात्रहरु २०७६ को एसइईमा सहभागी छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार कोभिड १९ तथा लकडाउनको का कारण देशभरनै एसइई परीक्षाको नतिजाका लागि आन्तरिक मूल्याङ्कन गर्न निर्देशन सहित कार्यविधि निर्माण गरेको थियो । सोही अनुसार विभिन्न तीन परीक्षामा प्राप्त गरेका अंकका आधारमा मुल्याङ्कन गरेर परीक्षा नियन्त्रण कार्यालय पठाइएको सुवेदीले जानकारी दिनुभयो ।

२०७५ को एसइइ भन्दा यो वर्ष ३५५ वढि विद्यार्थी सहभागी छन् । १०२ जना विद्यार्थीहरुको भने ७५ प्रतिशत हाजिर नपुगेको र १४ वर्ष उमेर नपुगेरका कारण एसईईमा समावेश छैनन् । इकाई प्रमुख सुवेदीका अनुसार यस वर्षपनि गत वर्षको हाराहारीमा जस्तै गरी जिपिएमा राम्रो नतिजा आउने बताउँदै आन्तरिक मूल्याङ्कन निकै स्वच्छ र पक्षपात रहित भएको बताउनुभयो ।

गतवर्षको चैत्र ६ गते देखि सुरु हुने भनिएको एसइई परीक्षा संचालनका लागि चितवनमा ४२ वटा केन्द्र, ४२ जना केन्द्राध्यक्ष, ७५ जना सहायक केन्द्राध्यक्ष, ५७० जना निरीक्षक, ११३ जना परीक्षा सहायक, ६४५ जना सुरक्षाकर्मी, २२३ जना कार्याल सहायक गरी १६ सय ८८ जना जनशक्ति परिचालन गर्ने तयारी थियो । साथै विशेष प्रकृतिका ५ दृष्टिविहिन विद्यार्थीहरुका लागि सहयोगी लेखकको व्यवस्था गरिएको थियो ।

Share.

Leave A Reply