चितवनको माडी स्थित कुसुमखोलामा रहेको चेपाङवस्तीमा निकुञ्जले आगो लगायो

0

चितवन,४ साउन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका वडानम्वर ९, कुुसुमखोला मा रहेको चेपाङवस्तीमा आगो लगाएको छ । साथै हात्ती लगेर घर भत्काइएको छ । निकुञ्जको जमिन अतिक्रण गरेर घर टहरा बनाएको भन्दै आगजनी गरेको हो । चार÷पाँच वटा हात्तीमा गएका निकुञ्जका कर्मचारीले २ वटा चेपाङ वस्तीमा आगो लगाई नष्ट गरेका थिए भने ८ वटा घर हात्ती लगाएर भत्काएको माडी नगरपालिकाले जनाएको छ ।

 

घटनाको माडी नगरपालिकाले भने विरोध जनाएको छ । नगरप्रमुख ढाकुरप्रसाद ढकालद्धारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा विस २०५३ सालबाट सोही ठाउँमा वसिरहेका वस्ती स्थानीय सरकार तथा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी उनीहरुको लत्ताकपडा, भाडाकुडा, महत्वपूर्ण कागजात तथा निमेख गरेर कमाएको रकम समेत पूर्णरुपमा नष्ट हुनेगरी घरमा आगो लगाइएको भन्दै उक्त कार्य निकृष्ट र अमानविय कार्य भएको भनी नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

 

लामो समय वस्दै आएका उनीहरुको विकल्प विना नै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्य भएको भन्दै घरवार विहिन बनाइएकामा उनीहरुको उचित व्यवस्थापनका लागि तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको भन्दै नेपाल सरकारसँग अनुरोध गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलामा २०४८ सालदेखि नै १६० घरपरिवार रहेका थिए ।

त्यहाँबाट धेरै परिवार अन्यत्र बसाईसराई गरे पनि ११ परिवार अझै सोही स्थानमा बस्दै आइरहेका छन् । यता चितवन राष्ट्रिय निकुञ्जकाप्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भने निकुञ्जका कुनै पनि भूभाग अतिक्रमण हुन नदिने बताउनुभयो ।

Share.

Leave A Reply